आपसी सद्भावको पर्व : छठ

हिमाल, पहाड र तराईमा विभाजित नेपाली भूखण्डमध्ये मधेस वा तराईमा अत्यधिक आस्था र श्रद्धाका साथ छठ मनाउने गरिन्छ । भारतका उत्तरप्रदेश तथा विहारका केही क्षेत्रमा पनि यो भव्यताका साथ मनाइन्छ । छठ सूर्य र छठीमाईको पूजा गरेर कार्तिक शुक्ल षष्ठीका दिन मनाइने चाड हो । संस्कृतको षष्ठी शब्दबाट अपभ्रंश भएकाले यसलाई जनसमुदाय छैठी, छइठ आदि […]

शिवपुरी बाबा

नेपाल अधिकांश साधुसन्तहरूको जन्मभूमिका रूपमा प्रसिद्ध छ भने धेरै साधकहरूको साधनाभूमि वा कर्मभूमिका रूपमा यसको चर्चा सर्वत्र हुने गर्छ । वैदिक तथा पौराणिक सन्दर्भले नेपाललाई तपोभूमिका रूपमा चिनाउने काम गरेकै छन् । पछिल्लो समयमा पनि नेपालमै जन्म भई नेपाली धराधाममा नै उपदेश गरेर जीवन बिताउने सन्तहरू धेरै छन् । यसका साथै भारत तथा अन्य विदेशी […]

देवघाट

देवघाट कालीगण्डकी र त्रिशूलीको सङ्गममा अवस्थित पावनभूमि हो । यो दुई नदीको सङ्गम मात्र नभएर प्रकृतिको मधुर निनाद अनि अहर्निश आस्थाका शङ्खनादको सङ्गम पनि हो । मानवले मन्दिरमा श्रद्धाका पुष्पहरू अर्पण मात्र गर्ने नभएर प्रातःकालमा स्वयम् प्रकृतिले नै देवभूमि देवघाटका प्रत्येक कणकणमा पुष्पवृष्टि गरेको देख्दा जोकाही पनि यस पवित्र धाममा पुगेपछि छक्क पर्ने गर्छन् । […]

तिज

पृष्ठभूमि तिज अधिकांश नेपाली महिलाहरूको महान् चाड हो । विशेष गरी हिन्दुधर्मावलम्बी महिलाहरू यसलाई महत्त्वपूर्ण चाडका रूपमा मनाउने गर्दछन् । भाद्र शुक्ल तृतीयाका दिन मनाइने तिज र भाद्र शुक्ल पञ्चमी अर्थात् तिजको पर्सिपल्ट मनाइने ऋषिपञ्चमी पर्वले महिलासँग विशेष सम्बन्ध राख्दै आएको पाइन्छ । तिज तृतीया तिथिमा भगवान् शिवको पूजाआराधना गरी सम्भव भएसम्म निराहार र निर्जल […]

असार पन्ध्र

यो बेला हो रस–मिलनको, प्राप्तिको यो चहाड यो गानाको गगन, जनको कल्पनाको बहाड । यो पौडीको सुखजलधिमा फूल रातो असारे झन्डा सम्झी, मुजुरमन भै पिच्छमा रङ्गधारे ।। (वर्षा, लक्ष्मीप्रसाद देवकोटा) ग्रीष्म ऋतुअन्तर्गत पर्ने भए पनि वर्षा ऋतुको पूर्वागमनलाई असार महिनाले सङ्केत गर्दछ । वृष्टिका देवता वरुणको उपासना गर्ने नेपाली समाज हरेक वर्ष असारको व्यग्र प्रतीक्षामा […]

उँभौली पर्व

नेपालमा वैशाख शुक्ल पूर्णिमाको विशेष महत्त्व छ । यस दिनलाई नेपालीहरू बुद्धजयन्ती, साकेला वा उँभौली पर्वका साथै चण्डी पूर्णिमा आदि नामले चिन्ने गर्दछन् । उँभौली पर्व सनातन परम्पराका अनुयायी नेपालको किराँत समुदायले मनाउँदै आएको पर्व हो । उँभो शब्दमा औली प्रत्ययको संयोजन भएर उँभौली शब्दको निर्माण हुने गर्दछ । उँभो भनेको माथि हो त्यसैले उँभौली […]

सभापोखरी

सङ्खुवासभा नेपालको पूर्वी क्षेत्रमा पर्ने मनोरम जिल्ला हो । सिद्धकाली, शिवधारा, गुफापोखरीजस्ता प्राकृतिक तथा धार्मिक महत्त्वका स्थलहरूले सुसज्जित सङ्खुवासभाको प्रसिद्ध पोखरी हो, सभापोखरी । सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि चार दिन हिँडेर सभापोखरी पुग्न सकिन्छ । यही पोखरीको नामबाट उक्त क्षेत्रको गाउँपालिकाको नाम सभापोखरी रहन गएको बताइन्छ । तेह्रथुमबाट पनि पदयात्रा गरेर सभापोखरी पुग्न सकिन्छ । यो […]

गलेश्वर बाबा

नेपाल विभिन्न धार्मिक, पौराणिक तथा ऐतिहासिक महत्त्वका स्थलहरूले मात्र सुसज्जित छैन, यस धराधाममा विभिन्न कालखण्डमा अनेकौँ महात्माहरूले जन्म पनि लिएका छन् । ऋषिमुनिले सृष्टिको आदिकालदेखि नै साधनाका लागि यही भूमिलाई चुनेका थिए भने ऋषिकल्प मनीषीहरूले पनि तपोभूमि यसैलाई बनाएका विभिन्न उदाहरण पाइन्छन् । तिनै ऋषितुल्य तपस्वीहरूमध्ये एक हुन्, गलेश्वर बाबा । म्याग्दीको गलेश्वरमा लामो समय […]

नेपाल हिन्दुराष्ट्र !

‘ने’ नाम गरेका ऋषिले पालन गरेको भूभाग भएकाले यस देशको नाम नेपाल रहन गएको हो भन्ने किंवदन्ती नेपालको नामकरणका सम्बन्धमा बहुप्रचलित छ । ‘ऋषि’ शब्दको व्युत्पत्ति संस्कृतमा ‘ऋषति पश्यति इति’ भनेर गरिन्छ । व्युत्पत्तिअनुसार ‘ऋषि’ शब्दले जसले देख्दछ भन्ने अर्थ प्रकाशन गर्दछ । तसर्थ ऋषि भनेर त्यस्ता व्यक्तिलाई भनिन्छ, जो मन्त्रका द्रष्टा हुन्, ‘ऋषयः मन्त्राणां […]

शुक्रराज शास्त्री

‘मरे पुगिन्छ सहिदको लोकमा, जिते मुलुक सुधार गरौँला । लौ जिन्दगीको बाजी लगाऔँ, के बाँच्नु छिःछिः गुलाम बनेर ।’ फल र पात पशुपन्छीको आहारका लागि, काठ झ्यालढोका निर्माण एवं इन्धनका लागि, जरा भूस्खलन रोक्नका लागि, अक्सिजन प्राणीका लागि तथा हरियाली वातावरणका लागि दिने वृक्षवनस्पति उदाहरणीय छन्, जसले आफ्नो हरेक कुरा अरूका लागि सुम्पन्छन् । स्वार्थको […]